एनसेलको खरिद बिक्रीमा कुन दलका नेताले कति रकम खाए ?

एनसेलको खरिद बिक्रीमा कुन दलका नेताले कति रकम खाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको शेयर खरिद बिक्रीमा नेताहरूले पैसा खाएकाले छानबिन हुनुपर्ने बताएका छन् ।

बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत कर तिर्न नपर्ने आश्वासन दिएर कुन दलका को नेताले कति रकम खाए ? भन्दै छानबिनका हुनुपर्ने बताएका हुन् । स्पाइसबाटै चलखेल सुरू भएको उनको दाबी छ ।

‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो । टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ?’, रवि लामिछानेले फेसबुकमा लेखेका छन् ।