काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वडा अधिवेशनबाट जनमैत्री नेतृत्व छान्न आह्वान गरेका छन् ।
सातै प्रदेशका १–१ वडाबाट आजदेखि सुरु भएका वडा अधिवेशनको सन्दर्भमा सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले पार्टीको उद्देश्य पूरा गर्न निरन्तर दत्तचित्त हुने जनमैत्री नेतृत्व छान्न निर्देशन दिए ।
उनले लेखेका छन्, ‘पार्टीको ‘जान्नेलाई छान्ने’ मूल उद्देश्यलाई मनमा राखी राजनीतिलाई विशुद्ध समाजसेवा ठान्ने, मीठो भाषण मात्र नभई समाज र पार्टीको बृहत्तर हितका लागि निस्वार्थ खट्ने र पार्टीको उद्देश्य पूरा गर्न निरन्तर दत्तचित्त हुने जनमैत्री नेतृत्व छान्नु होला । पहिलो संघीय निर्वाचनमै सबैभन्दा लोकतान्त्रिक विधिमार्फत उम्मेदवार चुनेका हामीलाई यो आन्तरिक लोकतन्त्रको अभ्यास नयाँ होइन ।’
रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको छ ।




प्रतिक्रिया