सरकारमा सहभागी हुने रेसमा छैनः रवि लामिछाने

सरकारमा सहभागी हुने रेसमा छैनः रवि लामिछाने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने रेसमा आफू नरहेको बताएका छन् ।

सोमवार चितवनमा सञ्चारकर्मीहरुसँगपको कुराकानीमा रवि लामिछानेले गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको भन्दै उनले आफू गठबन्धनमा सामेल हुवा सरकारमा सहभागी हुने रेसमा आफू नभएको बताएका हुन् ।

‘यो सरकार फेरबदल हुनलाछ, यो गृहमन्त्री हुन जान लाग्यो की क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला । तपाईंको सरकार तपाईंलाई मुबारक । म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन । मलाई त्यसमा कुनै चासो छैन ।’, उनले भने ।

उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरे । ‘सबै प्रपन्च खोयाबाट सुरु गरेर कहाँसम्म पुग्ने विचार गर्नु भएको छ गृहमन्त्रीले, गृहमन्त्रीज्यू पहिले आफ्ना वरपरका मान्छेलाई सम्हाल्नुपर्यो तपाईंले ।’, लामिछानेले भने ।