काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सोमबार अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।
ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा सहकारीको रकम अपचलन गरेको आरोप लागेका सभापति लामिछानेले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
उनले भर्खरै फेसबूकमा लेखेका छन्, ‘सम्पूर्ण गालीगलौजहरू सुरक्षित राख्नुहोला । कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ । पार्टी कार्यालयमा आज ४ः३० बजे पत्रकार सम्मेलनमा प्रश्नसहित आउनुहोला ।’




प्रतिक्रिया