सरकारले आफ्ना मान्छे चोख्याउनका लागि भ्रष्टाचारको फाइल खाेल्योः रवि लामिछाने

सरकारले आफ्ना मान्छे चोख्याउनका लागि भ्रष्टाचारको फाइल खाेल्योः रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले जाँचबुझ आयोगले मन्त्री ज्वालालाई दोषी किटान गरिसकेको अवस्थामा न उनले नैतिकताको आधारमा राजीनामा दिएको न कुनै कारबाहीको छनक दिएको भन्दै यसबारेमा प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गरेका हुन् ।

‘सरकार प्रमाण नभेटेकालाई खोजेर, नक्कली उजुरी गरेर भएपनि लागिरहने तर छताछुल्ल प्रमाण भएकालाई केही नगर्ने हो भने अव विधिको सुशासनका लागि नबोले हुन्छ’, रवि लामिछानेले भने, ‘ नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार नबनोस् ।’

त्यस्तै उनले सरकारले आफ्ना र गठबन्धनका मान्छे चोख्याउनका लागि भ्रष्टाचारका फाइल खोल्ने गरेको बताए । त्यस्तै लामिछानेले अब भ्रष्टाचारका फाइल रास्वपाका मान्छेको मात्र खोल्न माग गरे ।