काठमाण्डु- सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्ड नयाँ मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् । नेपाली कांग्रेससँगको गठबन्धन भत्किएसँगै प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुन लागेको हो ।
जसअनुसार रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री बन्ने भएका छन् । यसभन्दा अघि पनि उनी गृहमन्त्री बनेका थिए । आज हुने मन्त्रिमण्डल गठनमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन् ।
एमालेबाट पदम पदम गिरी सरकारमा जाने भएका छन् । भने जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने भएका छन् । यादव परराष्ट्र मन्त्री बन्ने सम्भावना भएको स्रोतले बताएको छ । त्यस्तै माओवादीबाट बर्षमान पुन उर्जा जा अर्थमन्त्री बन्ने सम्भावना छ ।




प्रतिक्रिया