रवि लामिछानेको शपथ रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता

रवि लामिछानेको शपथ रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यका रुपमा शपथ नगराउन माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता भएको छ ।

लामिछानेको नागरिकता सम्बन्धी विवाद नटुंगिएको भन्दै उनलाई प्रतिनिधिसभा सदस्यका रुपमा शपथ नखुवाउन माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता भएको हो ।

उक्त निवेदन दिनेमा समाजवादी केन्द्र नेपालका नेता युवराज सफल रहेका छन् । चितवन क्षेत्र नम्बर २ बाट लामिछाने मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निवेदक सफलले रवि लामिछाने उम्मेदवार बन्दा नै निजले अमेरिकी नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनर्प्राप्ति नगरी पुरानै नागरिकता पेस गरी उम्मेदवार बनेको भन्दै निर्वाचन आयोगमा नवराज पाण्डे लगायतले उजुरी दर्ता गरेकोमा आयोगले सो उपर कुनै छानबिन नगरी निर्वाचन लड्न दिएको जिकिर गरेका छन् ।

‘निर्वाचन आयोगमा समेत म युवराज सफलले निजको पार्टी सदस्य र पार्टी सभापति पद समेत खारेज गर्न प्रमाण सहित उजुरी दर्ता गरेको छु । यस्तै सर्वोच्च अदालतमा मिति २०७९ मंसिर २८ गते निजको सांसद पद, पार्टीको सभापति पद समेत खारेज गर्न माग गरी म युवराज पौडेल सफलले एकल र अधिवक्ताद्वय रविराज बसौला र नानिबाबु खत्रीले संयुक्त रुपमा रिट निवेदन दर्ता गरी मिति २०७९ पौष ०६ गतेका दिन प्रारम्भिक सुनुवाई भई दुवै पक्षलाई छलफलमा झिकाइने आदेश समेत भइसकेकोले निज रवि लामिछानेलाई सपथ नगर्न नगराउन प्रतिनिधिसभा नेपालका ज्येष्ठ सदस्य सम्माननीय पशुपति शमशेर ९जवरा० र संसद महासचिव श्रीमान् भरतराज गौतमज्यू समक्ष यो निवेदन पेस गर्दछु ।’, उनले दिएको निवेदनमा भनिएको छ ।