काठमाण्डु- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने भएको छ । सभापति लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा सहभागी हुने भएको हो ।
पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेपनि तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको जनाइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ ।
मंसिर ४ गते भएको संघीय चुनावमा रास्वपाले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरि २० सिट जितेको छ ।




प्रतिक्रिया