सतीले सरापेको नभइ जुकाहरूले चुसेको देश होः रवि लामिछाने

सतीले सरापेको नभइ जुकाहरूले चुसेको देश होः रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यो देश सतीले सरापेको देश नभएको बताएका छन् ।

बैशाख १५ गते हुन लागेको उपनिर्वाचनका क्रममा इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री समेत रहेका लामिछानेले यो देश सतीले सरापेको देश नभइ केही जुकाहरूले चुसेको देश भएको आरोप लगाएका हुन्। रास्वपाले उपनिर्वाचनमा इमानदार उम्मेदवार उठाएको उनको भनाइ छ ।

‘हामीसँग इमानदार उम्मेदवार छन् त्यति भए पुग्छ,हामी देश बनाउन सक्छौँ। अरू पैसा बाँड्ने रक्सी बाँड्ने मासु बाँड्ने हामीले सक्दैनौँ। बरु तपाईँको छ भने दिनु न बरु हामी त खाजा खाएर जान्छौँ। याँ पार्टी चलाउने पैसा नभएर साथीहरूलाई हारगुहार गरेर बसेका छौँ। होटलको पैसा कसले तिर्ला भनेर बस्नुपरेको छ। हामीसँग इमान छ आँट छ साहस छ हिम्मत छ। यो देश सतीले सरापेको देश होइन केही जुकाहरूले चुसेको देश हो। जुकाहरू फाले बन्छ। यो जनताले बुझ्ने कुरा हो।’, उनले भने ।