काठमाण्डु- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) प्रदर्शनमा उत्रिएको छ । बुधवार नेविसंघले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै काठमाण्डुको घण्टाघर अगाडि प्रदर्शन गरेको हो ।
गृहमन्त्री रवि लामिछाने आफू निर्दोष भएको दावी गर्दै आएका छन् । यता नेविसंघले निर्दोष भए छानबिन देखि किन डराएको ? भन्दै रवि लामिछानेलाई प्रश्न गरेको छ ।
रवि दाई दोषी भए राजनीति छोड्ने रे । दोर्षी प्रमाणीत हुन त छानिबिन हुनु पर्ला नी ?, रवि दाई, खै जिबी राई , लाखौँले दुख गरेर बचल गरेको पैसा झ्वाम्मै पार्ने, पाप त लाग्छ रवि दाई ? लेखिएका प्ले कार्डसहित प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् ।




प्रतिक्रिया