गृहमन्त्री लामिछानेविरुद्ध तरुण दल पनि आन्दोलनमा उत्रियो

गृहमन्त्री लामिछानेविरुद्ध तरुण दल पनि आन्दोलनमा उत्रियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेस निकट नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध र्‍याली निकालेको छ। सहकारीको रकम अपचलनको आरोप खेपेका गृहमन्त्री लामिछानेविरुद्ध तरुण दलले सहकारी पीडितको पक्षमा प्रदर्शन गरेको हो।

तरुण दल केन्द्रीय कार्यसमितिले सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगीविरुद्ध माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेको हो। र्‍यालीमा सहभागीहरूले गृहमन्त्री लामिछानेविरुद्ध नाराबाजी गरेका थिए।

आज नै कांग्रेसको भातृ संस्था नेविसंघले पनि लामिछानेविरुद्ध प्रदर्शन गरेको छ। प्रदर्शनमा नेविसंघले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेको छ।