संसदमा गृहमन्त्रीलाई बाेल्न दिने विपक्षी दलको निर्णय, जवाफमा चित्त नबुझे अवरुद्ध गर्ने


काठमाण्डु( विपक्षी दलहरूको मोर्चाले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भएका छन् ।

आज बसेको विपक्षी दलको बैठकले संसदमा आफूमाथि उब्जेका प्रश्नबारे बोल्न दिने निर्णय गरेको हो । लामिछानेले दिएको जवाफमा चित्त नबुझे फेरि संसद अवरुद्ध गर्ने तयारी विपक्षी दलले गरेका छन् ।

विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा बोलाएको विपक्षी दलका नेताहरुको संयुक्त बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्द दिने सहमति बनेको हो ।

सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग कांग्रेसले गर्दै आएको थियो । कांग्रेसको मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् ।

गतिरोध अन्त्यको प्रयासमा शनिबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको संयुक्त बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर, संसदीय समितिको कार्यादेश टुंगो लागेको छैन । कार्यादेश टुंगो लगाउन एमाले नेता एवम् कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement