कांग्रेसलाई गृहमन्त्री लामिछानेको प्रश्न- प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ?

कांग्रेसलाई गृहमन्त्री लामिछानेको प्रश्न- प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब कांग्रेसको गनगनले मात्र देश नचल्ने चेतावनी दिदै झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बताएका छन् ।

आइतवार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न नदिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै प्रश्न गरेका हुन् ।

उनले आफुलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ की छैन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् । ‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ । मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’, उनले भने ।