काठमाण्डु- नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने संसद् बैठक पनि चलन नदिने बताएको छ।
आइतबार साँझ कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गर्दै संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने बताएका हुन्।
सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन्। त्यस्तै थापाले आफूमाथि गृहमन्त्री लामिछानेले संसदमा उठाएका सबै विषयमा छानबिन समिति बनाउन माग गरेका छन् । उनले लामिछानेले सबै चाेर भएकाले आफूले पनि चोर्न पाउनुपर्छ भन्ने आशय ब्यक्त गरेको बताए ।
‘तपाईँ गृहमन्त्री हो कि टेलिभिजनको प्रस्तोता हो। तिमीहरू सबै चोर हौ, मैले पनि चोर्न पाउनुपर्छ भन्ने आशय व्यक्त गर्नुभयो । उहाँले उठाएका सबै विषयमा छानबिन समिति बनाए हुन्छ ।’, लामिछानेलाई लक्षित गर्दै थापाले भने ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले थापालाई लक्षित गर्दै कृषि अनुदानको रकम हिनामिना गरेकोदेखि देशको सूचना बेच्ने एजेन्टसम्मको आरोप लगाएका थिए ।




प्रतिक्रिया