महिनावारी भएका महिला ट्राफिकलाई ४ दिन बिदा दिने गृहमन्त्रीको निर्णय आजैदेखि कार्यान्वयनमा

महिनावारी भएका महिला ट्राफिकलाई ४ दिन बिदा दिने गृहमन्त्रीको निर्णय आजैदेखि कार्यान्वयनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिक प्रहरीलाई चार दिन बिदा दिने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णय आजैदेखि कार्यान्वयनमा आएको छ ।

मंगलबार बिहान गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री लामिछानेले महिनावारीको समयमा ४ दिनसम्म ट्राफिक प्रहरीलाई बिदा दिने घोषणा गरेका थिए ।

लामिछानेले गरेको उक्त घोषणा आजैदेखि कार्यान्वयनमा आएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन श्रेष्ठले जानकारी दिए ।

यसअघि महिला प्रहरीलाई महिनावारीको समयमा छुट्टी दिने व्यवस्था गरिएको थिएन । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले सामाजिक सञ्चालमा स्टाटस लेखेका थिए, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

काठमाण्डु उपत्यकामा मात्र २ सय भन्दा बढी महिला ट्राफिक प्रहरीका रूपमा कार्यरत छन्। उनीहरूलाई सडकमा नखटाइएका बेला ट्राफिक नियम उल्लंघनकर्ताहरुलाई स्वयं सेवकका रूपमा परिचालन गर्ने तयारी ट्राफिक प्रहरीको छ।