काठमाण्डु- रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारीलाई जोगाउनको लागि नयाँ समिकरण बनेको बताएका छन् । कांग्रेस-एमाले मिलेर नयाँ सरकार गठन गर्ने भएपछि रवि लामिछानेले भ्रष्टाचारका फाइल खोल्दाखेरि नयाँ समिकरण बनेको बताएका हुन् ।
लामिछानेले एका एक संविधान जोगाउनु पर्ने चिन्ता के आइलाग्यो ? भन्दै प्रश्न गरे । ‘ तपाईँले मलाई फाइल खोल्नु भन्नुभयो । फाइत त एक रातमै खुल्यो । एका एक संविधान जोगाउनु पर्ने चिन्ता के आइलाग्यो ? यसबाट प्रष्ट भइसकेको छ । संविधान जोगाउने चिन्ता होकी ? भ्रष्टाचारीलाई आउन लागेको संकट हो ? त्यसैले यो भष्टाचारीलाई जोगाउन नयाँ समिकरण बनेको हो ।’, उनले भने ।




प्रतिक्रिया