सरकारी निवासमा सरे गृहमन्त्री लामिछाने

सरकारी निवासमा सरे गृहमन्त्री लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् । उनी आज निजी निवासबाट हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् ।

बिहीवार सरकारी निवास प्रवेश गर्दा मन्त्री रविले सुुरक्षाकर्मीबाट सलामी लिएका छन् । रविले सलामी लिएको तस्वीरमा पिर्का देखिँदैन । यसअघि सलामी लिँदा मन्त्रीहरू पिर्कामाथि उभिएको देखिन्थ्यो । पिर्कामा सलामी लिँदा कतिपय मन्त्रीको आलोचना समेत भएको थियो ।