काठमाण्डु – सुर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने समेत ७ आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा निवेदन दिएको छ ।
सहकारी ठगीका आरोपीलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पोखरामा निवेदन पेश गरिएको हो ।
आरोपीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बेरितको भएकाले बदर गरी थुनामै राख्न मागसहित उच्च अदालतमा निवेदन दिएको उच्च सरकारी वकिलको कार्यालयका सहायक न्यायाधिवक्ता महेश अर्यालले जानकारी दिए ।
जिल्ला अदालतको आदेशले आरोपीहरू रवि लामिछाने, छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल, सहकारीका संस्थापक अध्यक्ष मीना गुरूङ, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरूङ र कोषाध्यक्ष आरती गुरूङलाई धरौटीमा रिहा भइसकेका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रविसहित ७ जना प्रतिवादीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।




प्रतिक्रिया