चर्को आलोचनापछि गृहमन्त्री लामिछानेले खोले मुख

चर्को आलोचनापछि गृहमन्त्री लामिछानेले खोले मुख


काठमाण्डु- प्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो आलोचनापछि फरार रहेकाहरू पक्राउ पर्ने बताएका छन् । फरार अभियुक्त संसद भवनमै आउँदासम्म पक्राउ गर्न नसकेको भनेर आलोचना भइरहँदा गृहमन्त्री लामिछानेले पुराना फरारहरू समातिने बताएका हुन् ।

‘पुराना फरारहरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ,’ लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो बोलेका शब्द-शब्दको हेक्का छ । भोट माग्दा गरेका वाचाहरूको हेक्का छ ।’

जनताको लाइफलाइन बदल्न आफूले मिहिनेत गरिरहेको पनि उनले बताएका छन् । ‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनु चाहिँ पर्छ’ उनले थपे ।