रास्वपा सभापति रवि लामिछानेको रिट ‘हेर्न नभ्याउने’

रास्वपा सभापति रवि लामिछानेको रिट ‘हेर्न नभ्याउने’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याउने’ भएको छ ।

सभापति लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा ‘हेर्न नभ्याउने’ भएको छ ।

सभापति लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि पटक–पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै यसअघि ४ पटक सूचीमा चढाएर पेशी सारिएको थियो ।

सभापति लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानूनी रूपमा श्रीमान्लाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।