काठमाण्डु– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
शुक्रबार उच्च अदालत बुटवल इजलासको आदेश सर्वोच्चले सदर गरेको हाे ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आज उक्त आदेश सुनाएको हो ।
उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने आदेश गरेकाे छ ।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले हिरासतमा राख्ने आदेश दिएको थियो ।
गत बैशाख ७ गते आफूलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै रविले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।
उनका तर्फबाट श्रीमती निकिता पौडेलले निवेदन दर्ता गराएकी थिइन् ।
आदेश आजै आउने भएपछि सर्वोच्च परिसरबाहिर सञ्चारकर्मी, लामिछानेका शुभचिन्तक, रास्वपाका नेता कार्यकर्ताको भीड लागेको थियो ।




प्रतिक्रिया