रवि लामिछानेको मुद्दा न्यायाधीश विष्टको इजलासमा

रवि लामिछानेको मुद्दा न्यायाधीश विष्टको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षबाट दायर गरिएको रिटको पेसी आज तोकिएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीश सागर विष्टको इजलासले यस विषयमा सुनुवाइ गर्ने भएको हो। लामिछानेकी पत्नी निकिता पौडेलले बिगो बराबरको बैंक जमानतसहित रिहाइको माग गर्दै रिट दायर गरेकी थिइन्।

यसअघि जिल्ला अदालत रुपन्देहीले पनि पौडेलको माग अस्वीकार गर्दै लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो। रुपन्देही अदालतको आदेशविरुद्ध पौडेल उच्च अदालतमा पुगेकी हुन्।