रवि लामिछानेको मुद्दा उच्च अदालत बुटवल इजलाशको यस्तो आदेश

रवि लामिछानेको मुद्दा उच्च अदालत बुटवल इजलाशको यस्तो आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति र पूर्वडीआईजी छविराज जोशीको मुद्दामा उच्च अदालत बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फाइल झिकाउन आदेश दिएको छ ।

बिहीबार न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले जिल्लाको आदेश र फाइल मिसिल झिकाउन आदेश गरेको छ ।

लामिछानेले आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाऊँ भन्ने मागको निवेदनमाथि जिल्लाको फाइल आएपछि सुनुवाइ हुनेछ । 

बिहीबारको सुनुवाइको क्रममा छविलाल जोशीतर्फका अधिवक्ता अपूर्व खतिवडाले बहस गर्ने क्रममा न्यायाधीशले मिसिल अपुग भएको भन्दै थप मिसिल झिकाएपछि मात्रै अर्को पेशी चढ्ने र सुनुवाइ अघि बढ्ने जानकारी दिए । फाइल झिकाउने आदेशपछि लामिछाने तर्फका कानून व्यवसायीको बहस भएन ।