भैरहवा उड्दै रवि लामिछाने, पुगे त्रिभुवन विमानस्थल (तस्बिरहरू)

भैरहवा उड्दै रवि लामिछाने, पुगे त्रिभुवन विमानस्थल (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार कारागारमुक्त हुँदै छन्।थुनामुक्त हुन उनी भैरहवास्थित जिल्ला अदालत प्रस्थान गर्न लागेका छन्।

अहिले उनी त्रिभुवन विमानस्थल पुगेका छन्। त्यहाँबाट उनी जहाजमा भैरहवा जानेछन्। जिल्ला अदालत रूपन्देहीबाट छुट पुर्जी लिएपछि मात्रै लामिछाने थुनामुक्त हुनेछन्।

उनले धरौटी बापतको १ करोड रूपैयाँ बुझाउनुपर्नेछ।

उच्च अदालतल तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी ठगी मुद्दामा बिगोबापतको धरौटी बुझाएर थुनामुक्त गर्न बिहीबार आदेश दिएको थियो।

उच्च अदालतको आदेशअनुसार उनले यी पाँच सर्त मान्नुपर्नेछ।

–सुरु जिल्ला अदालतले मिति २०८१ माघ १३ गते थुनछेकको क्रममा माग गरेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गर्ने।

–प्रतिवादीले निवेदन साथ पेश गरेको बैंक जमानत ९ग्यारेन्टी० रु २ करोड ७४ लाख ८४ हजार बिगोका हकमा सुरक्षित गर्ने।

–प्रतिवादी व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्व जानकारी दिने।

–सुरु जिल्ला अदालतको मिति २०८२ साउन २६ को आदेश बदर गरिदिएको छ।

–अदालतबाट फैसला हुँदा ठहरे बमोजिम हुने नै हुँदा साथै फैसलाले बिगोका हकमा थप दायित्व सृजना गरेमा तिर्न बुझाउन मञ्जुर भए सो को कागजात गरी प्रतिवादी रवि लामिछानेलाई प्रस्तुत मुद्दाको रोहबाट थुनामुक्त गर्नू।