काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीदका परिवारसँग भेटवार्ता गरेका छन् ।
महिनौंको कारागार बसाइपछि शुक्रबार रिहा भएर शनिबार काठमाण्डु पुगेलगत्तै उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय र ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका शहीद परिवार र घाइतेसँग भेट गरेका हुन् ।
भेटमा लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए । लामिछानेले ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका पहिलो घाइते अभिषेक श्रेष्ठसँग भेट गरेका छन् । लामिछानेले वीर अस्पतालको ट्रमा सेन्टर पुगेर उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
भेटका क्रममा उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरूको पक्षमा आफू सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।




प्रतिक्रिया