बालेनलाई निर्णय दिनुअघि रवि आन्तरिक परामर्शमा, फेरि भेट्ने

बालेनलाई निर्णय दिनुअघि रवि आन्तरिक परामर्शमा, फेरि भेट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आन्तरिक परामर्शमा जुटेका छन् ।

काठमाण्डुका मेयर बालेन्द्र शाह ‘बालेन’सँग भेटवार्ता गरेपछि रवि आन्तरिक छलफलमा जुटेका हुन् ।

बालेनसँगको भेटमा उठेका विषयमा निर्णय दिनुअघि रविले छलफल थालेका हुन् । पार्टीमा भएको आन्तरिक छलफलबाट स्पष्ट धारणा बनाएर रवि पुन: बालेनसँग छलफलमा बस्नेछन् ।

बिहीबारै रवि–बालेनबीच पुन: छलफल हुने भएको छ । यसअघि पहिलोपटक रवि–बालेनबीच भएको भेटमा ठोस कुरा हुन नसकेपछि बालेनले छुट्टै पार्टी अगाडि बढाउने तयारी थालेका थिए । त्यसपछि बिहीबार फेरि भेटवार्ता भएको छ ।

रविसँग भेट्नुअघि बालेनले बिहीबार बिहान ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि भेटवार्ता गरेका थिए ।