काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कुशासन, भ्रष्टाचार, बेथितिको सटर फागुन २१ गते बन्द गराइदिने बताएका छन् ।
धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले यसपटक ५ वर्षको स्थायी सरकार मागेका हौँ । अब वाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ । अब जनताले सजाय पाउने होइन, त्यसैले हामीले स्थायी सरकार भनेका हौँ ।’
जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रमा लेख्ने युगलाई अन्त्य गर्ने उनले बताए । उनले भारतसहित देशबाहिर भएकाहरूलाई छुट्टी मिलाएर भए पनि भोट हाल्न आउन आग्रह गरेका छन् ।
यसअघि सधैंको चुनावमा नेताले जित्दै आएको भए पनि यसपटक जनतालाई जिताएर छाड्ने उनले बताएका छन् ।
त्यस्तै उनले रास्वपाले राजनीति विसंगति र विकृति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा बलड्यांग्रे अक्षरले लेख्ने युगको अन्त्य गर्ने बताए ।
उनले भने, ‘रास्वपाले राजनीति विसंगति र विकृति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा बलड्यांग्रे अक्षरले लेख्ने युगको अन्त्य गर्छ । जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले ५ वर्षको स्थायी सरकार यसपटक मागेका हौँ । जनताले भोट दिने,जनतालाई नेताले बाचा दिने अनि सजाय भोट दिने जनताले पाउँने ? अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ । अब जनताले सजाय पाउने होइन, त्यसैले हामीले स्थायी सरकारको अपेक्षा गरेका हौं ।’




प्रतिक्रिया