रविको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

रविको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा राखिएको छ ।

सोमबार पेसी सूचीको पुछारमा रहेको लामिछानेको उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।

महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न दिएको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।