रवि लामिछानेको मुद्दा संशोधनको निर्णय विरुद्धको रिट पूर्ण इजलासमा पेश हुने फैसला

रवि लामिछानेको मुद्दा संशोधनको निर्णय विरुद्धको रिट पूर्ण इजलासमा पेश हुने फैसला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पेश हुने फैसला भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले आईतबार रिट पूर्ण इजलासमा पेश हुने फैसला गरेको हो ।

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज पौडेल र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

तत्कालीन महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो ‘टिप्पणी आदेश’मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य २ गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।