आवश्यकता परे मैले जवाफ दिन्छु तर प्रधानमन्त्री अहिले सदनमा आउनुहुन्न : सभापति लामिछाने

आवश्यकता परे मैले जवाफ दिन्छु तर प्रधानमन्त्री अहिले सदनमा आउनुहुन्न : सभापति लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित अभिव्यक्तिबारे जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह सदनमा नआउने बताएका छन् ।

सोमबार बसेको सर्वदलीय बैठकमा लामिछानेले  ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्तिमा प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्री या त आवश्यक्ता अनुसार आफूले जवाफ दिने बताएका हुन् ।

बैठकमा विपक्षी सांसद्हरुले प्रधानमन्त्री आफैले जवाफ दिनुपर्ने अडान राखेका थिए । बैठकबाट निस्कदै एमालेका प्रमुख सचेतक ऐन महरले सभापति लामिछानेले परराष्ट्रमन्त्रीले नभए आफूले जवाफ दिने प्रस्ताव राखेको बताए ।

रविको भनाई उद्धृत गर्दै महरले भने ‘सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, परराष्ट्रमन्त्रीले जवाफ दिइसकेपछि आवश्यकता पर्‍यो भने मैले पनि जवाफ दिन्छु । तर, अहिले प्रधानमन्त्री आउन सक्नुहुन्न ।’

महरले प्रधानमन्त्रीको अभिव्यक्ति असाध्यै गम्भीर भएकोले आफैं आएर जवाफ दिए मात्र सदन चल्न दिने बताए ।