पेरिसडाँडामा प्रचण्डको ब्रिफिङ: रवि लामिछानेलाई मन्त्री बनाउन दबाब आइरहेको छ

पेरिसडाँडामा प्रचण्डको ब्रिफिङ: रवि लामिछानेलाई मन्त्री बनाउन दबाब आइरहेको छ

अदालतको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय नहुने

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन दबाब आएको बताएका छन् ।

मंगलबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले रविलाई गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका हुन् । त्यस्तै प्रचण्डले लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म केही निर्णय नगर्ने बताए ।

रविलाई गैरसांसदको रुपमा गृहमन्त्रीमा नियुक्त गर्न सबैतिरबाट दबाब आइरहेको उनको भनाइ छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर सर्वोच्च अदालतले गरेपछि रवि लामिछानेको संसद पद गुमाएका थिए ।

आइतबार रविले नेपाली नागरिकता पुनः प्राप्त गरिसकेका छन् । त्यसकारण रविलाई गैरसांसदको रुपमा पुनः गृहमन्त्री बनाउनुपर्ने नेकपा एमालेको पनि दाबी छ । तर, प्रधानमन्त्री प्रचण्डले भने रविलाई गृहमन्त्री नबनाउन सकिने जवाफ दिएका छन् ।