रवि लामिछानेविरुद्ध युवराज सफलले दिए उजुरी, उम्मेदवारी खारेज गर्न माग

रवि लामिछानेविरुद्ध युवराज सफलले दिए उजुरी, उम्मेदवारी खारेज गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको भन्दै रविको उम्मेदवारी खारेज गर्न युवराजले उजुरी दिएका छन् । सफलका अनुसार रवि उम्मेदवार बन्न योग्य छैनन् ।

गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा रवि चितवन २ बाट विजयी भएका थिए । तर, नेपाली नागरिकता प्रकरणमा दोषी ठहर भएपछ् सांसद पद गएको थियो ।

1