रवि लामिछानेविरूद्ध युवराज पौडेलले दिएको उजुरी नलाग्ने, यस्तो छ कारण

रवि लामिछानेविरूद्ध युवराज पौडेलले दिएको उजुरी नलाग्ने, यस्तो छ कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी खारेज हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लामिछानेविरुद्ध चारवटा उजुरी परेका थिए । जसमध्ये युवराज युवराज पौडेल (सफल)को उजुरी नलाग्ने भएको हो।

लामिछाने विरूद्ध पौडेलबाहेक चितवन २ मै उम्मेदवारी दिएका अरू तीन जनाले पनि उजुरी दिएका छन् । स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले उजुरी दिएका थिए। तीन उम्मेदवारको उजुरी लाग्ने भए पनि पौडेलले भने उजुरी दिनै नपाउने भएकाले नलाग्ने भएको हो।

मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको व्यवस्थाका कारण पौडेलको उजुरी नलाग्ने भएको हो । नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको भन्दै रविको उम्मेदवारी खारेज गर्न माग गर्दै युवराजले उजुरी दिएका थिए ।

गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा रवि चितवन २ बाट विजयी भएका थिए । तर, नेपाली नागरिकता प्रकरणमा दोषी ठहर भएपछ् सांसद पद गएको थियो ।