काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएकाे छ ।
रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजवंशीलाई जिप्रकामा बोलाएर सोधपुछ भइरहेको चितवनका एसपी रामेश्वर कार्कीले बताए ।
भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट लामिछानेका चालक थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ ।
थापा कसरी छतबाट खसे भन्ने बारेमा थप अनुसन्धान गरेर मात्रै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनलाई अस्पताल ल्याएलगत्तै सबै चेकजाँच गरी टाउकोको शल्यक्रिया गरिएको छ । लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम सँगै सुतेका थिए ।




प्रतिक्रिया