रविलाई बधाई दिँदै जितनारायण श्रेष्ठले भने- सकरात्मक रुपमा जनप्रतिनिधिलाई सहयोग गर्नेछु

रविलाई बधाई दिँदै जितनारायण श्रेष्ठले भने- सकरात्मक रुपमा जनप्रतिनिधिलाई सहयोग गर्नेछु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेलाई जितका लागि बधाई दिएका छन् ।

चितवन २ मा ३७ हजारबढी मतान्तरले अगाडि रहेका रविलाई उम्मेदवार श्रेष्ठले बधाई दिएका हुन् । मंगलबार मतगणनास्थलमा पुगेर श्रेष्ठले बधाई रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको बताए । ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ।’, उनले भने ।

श्रेष्ठले अहिले आएको मतपरिणामबाट जनताले परिवर्तन खोजेको कुरालाई स्वीकार गर्नुपर्ने बताए ।  अब ठूला दलहरु कि त सच्चिनुपर्ने कि त सक्किनुपर्ने चुनौति दिएको दाबी गरे ।

‘जनताले परिवर्तन चाहेको छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ । अहिले जनताले राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि परिवर्तन खोजेको भन्ने कुरालाई बुझेका छौं । अहिले जुन मतपरिणाम आएको छ । संगठनले भन्दा पनि तल्लो तहको दैनिकीसँग जोडिन सक्यौं कि सकेनौं । व्यक्तिगत उम्मेदवार भन्दा पनि राजनीतिक परिवर्तनलाई परिवर्तन गर्नैपर्छ । जनतासँग जोडिनुपर्ने हुन्छ । यो बाट सिक्नुपर्ने छ ।’, उनले भने ।