चितवन-२: मतगणना अन्तिम चरणमा, रविले कटाए ५० हजार मत

चितवन-२: मतगणना अन्तिम चरणमा, रविले कटाए ५० हजार मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् । मतगणना अन्तिम चरणमा पुग्दा लामिछानेले ५० हजार मत कटाएका हुन् ।

हालसम्म चितवन २ मा ७० हजार २२३ मत गणना भएको छ । रविका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ९ हजार १६५ छ।

आइतबार चितवन २ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो।