चितवनमा रवि लामिछानेका प्रतिस्पर्धी ताराप्रसादले जम्मा २ मत पाए

चितवनमा रवि लामिछानेका प्रतिस्पर्धी ताराप्रसादले जम्मा २ मत पाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५४ हजार १७६ मतका साथ विजय हुँदा उनका एक प्रतिस्पर्धी भने २ मत पाएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार चितवन २ मा स्वतन्त्र उम्मेदवारी दिएका ताराप्रसाद बरालले जम्मा २ मत पाएका हुन् । यस्तै अन्य स्वतन्त्र उम्मेदवारहरु सन्तोष थापाले ३, रामकृष्ण ओझाले ९ तथा विक्रम श्रेष्ठले १३ मत पाएका छन् ।

चितवन २ मा कुल २२ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेबाहेक सबैको जमानत जफत भयो ।