काठमाण्डु फर्किएपछि रवि फेरि सत्ताको मोहमा, सरकारमा सहभागि हुन प्रधानमन्त्री प्रचण्डसँग बाग्रेनिङ!


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागि हुने सम्भावना बढेकाे छ ।

वैशाख १० गते भएको उपनिर्वाचन अन्तर्गत चितनव २ बाट विजयी भएपछि रास्वपाका सभापति रवि लामिछाने रवि पून: सरकारमा सहभागि हुने तयारीमा जुटेका हुन् ।  चुनाव जितेपछि रवि फेरि सत्ताको मोहमा परेका छन् । उनले यसभन्दा अघि प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए ।

‘अहिलेसम्म तय भइसकेको छैन। सरकारलाई दिएको समर्थनको औचित्य देखिएको छैन। अब काठमाडौं फर्किसकेपछि छलफल गर्छौँ। पछिल्लो सयम कुनै औचित्य नदेखिएकाले छलफल गर्न आवश्यक भएको छ।’, चितवन २ मा भारी मतान्तरले जित सुनिश्चित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रविले भनेका थिए । तर, काठमाण्डु फर्किएपछि रवि फेरि सत्ताको मोहमा लागेका छन् ।

साेमबार सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न रास्वपाले केन्द्रीय कमिटी बैठक बोलायो । तर,  बैठकले भने सरकारबारे दिएको समर्थनबारे केही निर्णय गरेन ।उक्त बैठकमा सभापति रविले पुस १० गते बनेको सरकारमा सहभागि भएकै कारण उपनिर्वाचनमा दुई सिट जित्न सफल भएको बताए । त्यसकारण फेरि सरकारमा सहभागि हुनेपर्ने आशय उनको थियो ।

सरकारमा सहभागीताबारे शुक्रबार मात्रै निणर्य लिनेबारे साेमबारको बैठकमा छलफल भयाे। चितवनमा सरकारलाई दिएको समर्थन औचित्य नरहेको बताएका रविले काठमाण्डु पुगेपछि सरकारमा सहभागि हुन बाग्रेनिङ गर्न थालेका हुन् ।

यसैबीच सोमबार मात्रै रविले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । रविको प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्ताले नै रास्वपाको साेमबार बसेको बैठकले सरकारलाई दिएको समर्थनबारे केही निर्णय गर्न सकेन ।

यता प्रधानमन्त्री प्रचण्डले पनि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरेका छन् । साेमबार चितवन वरपर निर्मित विभिन्न आयोजनाको शिलान्यासका लागि शुक्रबार गृहनगर शिवनगर पुगेका प्रधानमन्त्री प्रचण्डले सरकारको आयुबारे कसैले भ्रम पाल्न नहुने बताउँदै रास्वपाले सरकार नछाड्ने दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन। रास्वपा पनि सरकारमा आउने कुरा चलिरहेको छ।’ रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएकाले यसैलाई इस्यू बनाउनजस्तो आफूलाई नलागेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

‘रास्वपा अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन। छलफलकै क्रममा भएकाले केही समस्या छैन।’, प्रधानमन्त्री प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गर्नु र रास्वपाको साेमबार बसेको बैठकले यसबारे कुनै निर्णय नगरि शुक्रबारसम्मका लागि समय सीमा तोक्नुबाट सोझैँ बुझ्न सकिन्छ, सरकारमा सहभागि हुन सभापति रविले बाग्रेनिङ गरिरहेका छन् ।

मन्त्रिपरिषलाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले पनि रास्वपालाई सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् । सोमबार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागि हुन रविलाई प्रस्ताव गरेका हुन् ।

गत मंसिर ४ गतेको आम निर्वाचनपछि पुस १० गते बनेको प्रचण्ड नेतृत्वको सरकारमा पनि रविले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले रविलाई गृहमन्त्रालयको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement