रास्वपाले भ्रष्टाचारविरुद्ध घण्टी बजाएपछि सरकारले फाइल खोल्दैँछ : रवि लामिछाने

रास्वपाले भ्रष्टाचारविरुद्ध घण्टी बजाएपछि सरकारले फाइल खोल्दैँछ : रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले घण्टी बजाएपछि सरकारले फाइल खोल्न थालेको बताएका छन् । सोमबार काठमाण्डुमा रास्वपा सुदूरपश्चिम–काठमाण्डु सम्पर्क भेलालाई सम्बोधन गर्दै आफूहरुको उपस्थितिका कारण ठूला दलहरु होसियार हुन थालेका बताएका हुन् ।

‘हाम्रो उपस्थितिले मात्रै होसियारी देखिएको छ। दलहरु पनि चलायमान देखिएका छन्। भ्रष्टाचारविरुद्ध रास्वपाले घण्टी बजाएपछि सरकारले फाइल खोल्यो । आउने निर्वाचनसम्म अहिलेका दलले सफाइ गरे भने हाम्रो काम पनि सजिलो हुनेछ।, रास्वपाको उपस्थितिले सदनदेखि सरकारसँग र राजनीतिक दलहरुमा चलायमान अवस्था देखिएको छ’, उनले भने ।

निर्वाचनमा जानुअघि रास्वपाले उठाएको मुद्दामा सरकारले साथ दिए आगामी निर्वाचनसम्म पार्टीका लागि राम्रै हुने उनको भनाइ छ ।