काठमाण्डु- रवि लामिछाने र छविलाल जोशीको मुद्दाको बुटवल इजलासको सुनुवाइ आजपनि स्थगित भएको छ ।
रविका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गरीपाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको हो ।
रवि र छविको मुद्दा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलाशमा परेको थियो ।
लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेश चित्त नबुझेपछि बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै उच्चमा निवेदन दिएका थिए ।
यसअघि अघिल्लो बिहीबार पनि बुटवल इजलासको सुनुवाइ स्थगित भएको थियो ।




प्रतिक्रिया