काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाण्डौं महानगरपालिकाका मेयर वालेन शाहबीच भेटवार्ता हुँदैछ। दुवैबीच कुपोन्डलस्थित मेयर शाहका राजनीतिक सल्लाहकार कुमार वेनको घरमा आज ११ बजे भेटवार्ता हुने तय भएको छ।
काठमाण्डौंका मेयर शाह र लामिछानेको पहिलो बैठकमा ठोस सहमति नजुटेपछि बालेनले आफू निकटको नाममा दर्ता भएको देश विकास पार्टीलाई अघि बढाउने तयारी गरेपछि भेटवार्ता आयोजना गरिएको हो।
बालेन समूहले उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने वा कार्यकारी अध्यक्ष दिनुपर्ने अडान राख्दै आएको छ। त्यसमा लामिछाने सहमत नभएपछि उनी आफ्नै पार्टीलाई अघि बढाउने तयारीमा छन्। त्यसका लागि बुधबारदेखि गृहकार्य सुरु भइसकेको छ।




प्रतिक्रिया