काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्रीलाई पत्र पठाएको भन्ने खबर झुटो भएको बताएको छ।
रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै नेपाल प्रेसले ‘चुनावअघि नै रवि–बालेनको सत्ताभ्यास : संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र’ भन्ने शीर्षकमा छापेको समाचार आधिकारिक नभएको बताएका हुन्।
खनालले उक्त भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ ‘हालै ‘नेपाल प्रेस’ लगायत केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र र सो सम्बन्धी समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौं।’





प्रतिक्रिया