राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,गैरराजनीतिक व्यक्ति राष्ट्रपति (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,गैरराजनीतिक व्यक्ति राष्ट्रपति (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ ।बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको हाे ।

त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ । त्यसैगरी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा रहेकाे छ ।