काठमाण्डु – निर्वाचन आयोगले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताको प्रमाणपत्र दिएको छ ।
स्वतन्त्र नामका विरुद्धमा परेका २ उजुरी खारेज गर्दै आयोगले रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुक्रबार दलको मान्यता दिएको हो ।
ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ ।
पार्टीका प्रवक्ता मुकुल ढकालले चुनावचिन्ह गोलाकारभित्रको घण्टी पाएको बताए । गोलाकारभित्रको घण्टी चुनावचिन्ह अरु कुनै पार्टीले नपाएकाले आयोगले जनाएको छ ।





प्रतिक्रिया