गृहमन्त्री लामिछानेसँग बालेनले मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

गृहमन्त्री लामिछानेसँग बालेनले मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका थिए ।

केही समयअघि काठमाण्डु महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पुर्‍याएरमात्रै सुकुम्बासी समस्या समाधान गर्ने जनाएको थियो ।