काठमाण्डु– मंगलबार हेर्दाहेर्दैमा राखिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिटमा बुधबार सुनुवाइ नहुने भएको छ।
न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले रविको मुद्दाको सुनुवाइ आज स्थगन गरिएको सर्वोच्चले जनाएको हो ।
न्यायाधीश सुवेदी र बालकृष्ण ढकालको इजलासमा रहेको यो मुद्दामा मंगलबार लामिछानेका तर्फबाट बहस भएको थियो।
लामिछाने र छविलाल जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग गरेको निवेदनमा मंगलबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ ।




प्रतिक्रिया