रवि लामिछानेलाई नक्खु कारागारमा सारिने

रवि लामिछानेलाई नक्खु कारागारमा सारिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई नक्खु कारागार स्थानान्तरण गर्ने तयारी भएको छ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार लामिछानेलाई रुपन्देही कारागारबाट नक्खु कारागार सार्ने निर्णय भएको बताएका हुन्।

लामिछानेको आफ्नै मागअनुसार रुपन्देही कारागारलाई स्थानान्तरण सम्बन्धी पत्र पठाइएको छ। यसअघि नै लामिछानेले कारागार सरुवाका लागि औपचारिक निवेदन दिएका थिए।

हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेको स्थानान्तरण प्रक्रिया अब रुपन्देही कारागार, जिल्ला प्रशासन कार्यालय (सीडीओ) र सम्बन्धित निकायमार्फत अघि बढाइनेछ।