रवि लामिछानेलाई आजै काठमाण्डु ल्याइँदै

रवि लामिछानेलाई आजै काठमाण्डु ल्याइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार काठमाण्डु ल्याइँदैछ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सरुवा गर्न ल्याउन लागिएको हो ।

लामिछानेले दिएको निवेदनको आधारमा शुक्रबार कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई दिउँसो ३ : १० बजेको बुद्ध एयरको जहाजबाट काठमाण्डु ल्याउन लागिएको हो ।

लामिछानेलाई स्वागत गर्न पत्नी निकिता पनि विमानस्थल जाने तयारी छिन् भने समर्थकहरू एयरपोर्ट जाँदै छन्। रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ।

लामिछाने चैत २५ देखि उच्च अदालत बुटवलको आदेशपछि रुपन्देही कारागारमा छन् ।

हालै लामिछाने रहेको रुपन्देही कारागारको बसाइ व्यवस्थापनको विषयमा विवाद उत्पन्न भएको थियो । त्यसपछि राष्ट्रिय मानवअधिकार आयोगको टोलीले उक्त कारागार अनुगमन गरेको थियो । त्यसक्रममा आयोगले उनी बसेको कोठा राम्रो नभएको बताएको थियो ।