काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाण्डु ल्याएर नख्खु कारागार छिराइएको छ ।
विमानस्थलमा बाक्लो सुरक्षा घेराबीच उनलाई प्रहरीको भ्यानमा राखेर सोझै नख्खु कारागार लगिएको हो ।
शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नख्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाण्डु ल्याइएको हो । विमानस्थल परिसरमा भेला भएका कार्यकर्ता र सञ्चारकर्मीलाई सम्बोधन समेत गर्न नदिई नख्खु लगिएको छ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई शनिबार ललितपुरस्थित नख्खु कारागारमा सारिएको छ । रूपन्देही कारागार कार्यालयमा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको छ ।
लामिछानेलाई काठमाण्डु ल्याउनका लागि दिउँसो ३ बजेको बुद्ध एयरको उडानबाट काठमाण्डु ल्याइने भनिए पनि मौसमका कारण ढिलाइ भएको थियो ।
लामिछाने चैत २५ गतेदेखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका थिए ।




प्रतिक्रिया