रवि लामिछानेको शरीरमा भिटामिन ‘डि’ को कमी

रवि लामिछानेको शरीरमा भिटामिन ‘डि’ को कमी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा भिटामिन ‘डि’ को कमी देखिएको छ।

रास्वपा प्रवक्ता मनिष झाले रगत परीक्षण रिपोर्टका आधारमा लामिछानेलाई भिटामिन ‘डि’को कमी भएको जानकारी दिएका हुन्।

लामिछाने रूपन्देही कारागारमा १२६ दिनसम्म बन्दी रहँदा बाहिरी हावा र घाम पाउन नसक्दा शरीरमा यो कमी आएको हुन सक्ने डाक्टर जितेन्द्र प्रसाद यादवले जानकारी दिए ।

स्वास्थ्यमा केही गम्भीर जोखिम देखिएको कारण डा. यादवले नख्खु कारागार पुगेर लामिछानेको स्वास्थ्य परीक्षण गरेका छन्।

भिटामिन डि को कमीले हड्डी कमजोर, मांसपेशी कमजोर र सामान्य थकान जस्ता समस्या ल्याउन सक्छ।